अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज ६७१६ जना डिस्चार्ज हुँदा ६७१४ संक्रमित थपिए

आज ६७१६ जना डिस्चार्ज हुँदा ६७१४ संक्रमित थपिए


काठमाडौं- गत २४ घण्टामा नेपालमा ६ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण गरेकामध्ये ६ हजार ६ सय ७७ जनामा पोजिटिभ देखिएको हो । त्यस्तै ३७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा पोजिटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा १९ हजार ३ सय ५२ नमूनाको कोरोना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ७ सय १६ जना संक्रमणमुक्त भएका छन्।

त्यस्तै यस अवधिमा १४५ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोनाबाट निको हुनेको दर ७६.९ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।