अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अछाममा अक्सिजन खरिद गर्न मन्त्री आलेद्वारा एक लाख सहयोग

अछाममा अक्सिजन खरिद गर्न मन्त्री आलेद्वारा एक लाख सहयोग


काठमाडौं- वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल अछाममा अक्सिजन खरिद गर्नका लागि आफ्नो व्यक्तिगततर्फबाट १ लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।

अक्सिजन नपाउँदा कोरोना सङ्क्रमितको उपचारमा समस्या भएको जानकारी भएपछि उहाँले अस्पताललाई आफ्नोतर्फबाट एक लाख रुपैयाँ उपलब्ध गराउनुभएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।

अछाममा अक्सिजन अभाव भएका कारण त्यहाँका नागरिकले अक्सिजन किन्नका लागि अभियानसमेत सञ्चालन गरेका थिए ।

अक्सिजन नभएकै कारण जिल्लामा कैयौँ कोरोना सङ्क्रमितले अकालमै ज्यान गुमाएका थिए । अक्सिजन खरीद गर्न रकम प्रदान गरेपछि यहाँका कोरोना सङ्क्रमितको उपचारमा निकै राहत पुग्ने जिल्ला अस्पताल अछामका मेडिकल सुपरिटेन्डेन्ट डा. अतुल भारद्वाजले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अक्सिजन नहुँदा कोरोना सङ्क्रमितको उपचारमा निकै समस्या भएको थियो, मन्त्रीज्यूले अक्सिजन किन्न व्यक्तिगतरुपमा रकम उपलब्ध गराएपछि अब सहज हुने छ ।’