अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाललाई तत्काल १० लाख डोज खोप दिने चीनको घोषणा

नेपाललाई तत्काल १० लाख डोज खोप दिने चीनको घोषणा


काठमाडौं- चीन सरकारले तत्काल नेपाललाई १० लाख डोज कोरोना खोप दिने भएको छ । चीनले नेपाललाई तत्काल अनुदानस्वरूप १० लाख डोज खोप दिने भएको हो ।

आजै मात्र राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङबीच टेलिफोन वार्ता भएको थियो ।

चीनले सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप उपलब्ध गराउन लागेको हो । यसअघि चीनले नेपाललाई ८ लाख डोज खोप दिइसकेको छ ।