अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालले एमाले नेताको परिचय लेख्न छाड्नुभयो

माधव नेपालले एमाले नेताको परिचय लेख्न छाड्नुभयो


काठमाडौं– तीन दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्नुभएको थियो– ‘आफ्नै सरकार ढालेको छ, आफ्नै प्रधानमन्त्री ढाल्न देउवासँग हिंडेको छ, फेरि एमाले वरिष्ठ नेता भन्दै ङीच्च दाँत देखाएर हिँडेको छ ।’

प्रेस चौतारीको कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले माधवकुमार नेपालले एमाले वरिष्ठ नेता भन्दै हिँडेकोमा आलोचाना गर्नुभएको थियो । त्यसको भोलिपल्ट बसेको स्थायी कमिटी बैठकले नेपालसहित ११ नेतालाई कारबाही गरेर साधारण सदस्यबाटै हटाइदियो ।

एमालेले कारबाही गरे पनि एमाले वरिष्ठ नेता, पूर्वप्रधानमन्त्री र स्थायी कमिटी सदस्यको परिचय दिंदै आउनुभएका नेता नेपालले मंगलबारदेखि परिचयविहीन विज्ञप्ती जारी गर्न थाल्नुभएको छ । उहाँले मंगलबार जारी गर्नुभएको विज्ञप्तीमा आफ्नो नाम र जिम्मेवारी दुवै उल्लेख छैन ।

बुधबार नेता नेपालले बुद्ध यन्तीका अवसरमा अर्को शुभकामना सन्देश जारी गर्नुभयो, त्यसमा पनि पदीय जिम्मेवारी उल्लेख छैन । नेता नेपालको फेसबुक पेजको ठेगाना माधवनेपालयुएमएल रहेको छ । परिचय खण्डमा पनि पूर्वमहासचिव र पूर्वप्रधानमन्त्री उल्लेख छ ।

काठमाडौंमा २०७१ असारमा भएको महाधिवेशनमा प्रतिस्पर्धी केपी शर्मा ओलीसँग ४३ मतले पराजित हुनुभएका नेपाल स्थायी कमिटी सदस्यमात्रै हुनुहुन्थ्यो । एमाले रहँदा तेस्रो वरीयतामा रहनुभएका नेता नेपाल माओवादीसँग एकता भएपछि बनेको नेकपामा झलनाथ खनालको वरीयता खोस्दै तेस्रो स्थानमै रहनुभएको थियो ।

एमालेमा निवर्तमान अध्यक्षका हैसियतले खनाल वरिष्ठ नेता हुनुहन्थ्यो ।