काठमाडौं -नेकपा एमालेका यूवा नेता गोकर्ण बिष्टले पार्टी एकता जोगाउन अन्तिमसम्म इमान्दार प्रयास गर्ने बताउनुभएको छ ।
अहिले विहान सामाजिक सञ्जालमा लेख्दै बिष्टले जनसंगठन र पार्टीका सबै कमिटीहरुलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काएर पार्टी एकता जोगाउनु पर्ने अडान राख्नुभएको छ । उहाँले राष्ट्र, जनता,लोकतन्त्र र कम्यूनिष्ट आन्दोलनको रक्षाका लागि सही बिचार र दिशा अवलम्बन गरेको सवल एवं एकिकृत पार्टीले मात्र महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्ने बिष्टले उल्लेख गर्नुभएको छ ।







प्रतिक्रिया