अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन

नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन


 

काठमाडौं- नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको निधन भएको छ।

कोरोनाभाइरसको संक्रमण भएपछि छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेका केसीको बिहीबार बिहान निधन भएको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिनुभयो ।

केसी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति हुनुहुन्थ्यो। एक महिनादेखि अस्पतालमा रहनुभएका उहाँलाई केही भन्टिलेटरमा समेत राखिएको थियो।

कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउने केसी नेपाली सेना उच्च अधिकारी हुनुहुन्छ ।