अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

संसद विघटनविरुद्ध मुद्दाको पेशी प्रधानन्यायाधीशको आफ्नै बेन्चमा

संसद विघटनविरुद्ध मुद्दाको पेशी प्रधानन्यायाधीशको आफ्नै बेन्चमा


काठमाडौं-संसद विघटनविरुद्ध परेका रिटको सुनुवाई प्रधानन्यायाधीशकै बेच्चमा हुने भएको छ। रिटमाथि आजदेखि वहस सुरु हुँदैछ। सुनुवाइका लागि सर्वोच्च अदालतले पेशीसमेत तोकेको छ।

१९ वटा रिटमाथिको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नै बेन्चमा राख्नुभएको छ ।

संवैधानिक इजलासमा सुनुवाइको माग नगरिएका रिट माथि आज र बाँकी ११ वटा रिटको सुनुवाई भोलि संवैधानिक इजलासमा हुने भएको हो।

आज सुनुवाई हुने रिटमा अधिवक्ता वीरभद्र जोशी, अजय बुढाथोकी, ज्ञानेन्द्रराज आरण, शालिकराम सापकोटा, बद्रीराज भट्ट, नीतिका ढुंगाना, सुप्रिम लिगल एडका माइतीघर काठमाडौंका संस्थापक लोकेन्द्रबहादुर ओलीका रिटमाथि सुनुवाई हुने भएको हो।