अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वप्रदेश प्रमुख मल्लको निधनप्रति देउवाद्वारा दुःख व्यक्त

पूर्वप्रदेश प्रमुख मल्लको निधनप्रति देउवाद्वारा दुःख व्यक्त


काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँको काठमाडौँस्थित निदान अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको हो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत पार्टीका नेता, पूर्व प्रदेश प्रमुख, समाजसेवी, असल, वौद्धिक एवं शालिन व्यक्तित्वका धनी मल्लको असामयिक निधनको खबरले दुःखी बनाएको उल्लेख गर्नुभएको छ ।

देउवाले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्ना तर्फबाट समवेदना प्रकट गर्नुभएको छ । कैलाली निवासी मल्ल कांग्रेसका महासमिति सदस्य हुनुहुन्थ्यो ।