अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वसांसद रत्नप्रसाद न्यौपानेको निधन

पूर्वसांसद रत्नप्रसाद न्यौपानेको निधन


काठमाडौं- सशस्त्र प्रहरी अस्पताल काठमाडौंमा उपचार गराइरहनुभएका पूर्वसांसद रत्नप्रसाद शर्मा न्यौपानेको निधन भएको छ ।

बुधबार राति उहाँको निधन भएको उहाँका छोरा मदनरत्न न्यौपानेले बताउनुभयो । सुरूमा कोरोना सङ्क्रमणका कारण बिरामी हुनुभएका न्यौपाने पछि फोक्सोमा निमोनिया भएर गम्भीर बिरामी हुनुभएको थियो ।

वैशाख २३ गते वीरेन्द्र प्रहरी अस्पताल काठमाडौंमा उपचारका लागि भर्ना हुनुभएका न्यौपानेको अवस्था गम्भीर भएपछि सशस्त्र प्रहरी अस्पतालको आइसीयूमा राखिएको थियो ।

अवस्था झनै गम्भीर भएपछि न्यौपानेलाई १० दिनदेखि भेन्टिेलेटरमा राखेर उपचार गराइरहेको छोरा मदनले बताउनुभयो । मदनका अनुसार न्यौपानेको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको थियो भने उनमा निमोनिया देखिएको थियो ।

छेडागाड नगरपालिका–६ सुवानाउलीका न्यौपाने विसं २०५६ को प्रतिनिधिसभा सदस्यमा एमालेको तर्फबाट जाजरकोट क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो ।

अहिले एमालेको कर्णाली प्रदेश समिति सदस्य, एमाले निकट किसान महासङ्घका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेशका इन्चार्जको भूमिकामा हुनुहुन्थ्यो ।