अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

के रामकुमारीहरु सच्चिनुपर्दैन ?

के रामकुमारीहरु सच्चिनुपर्दैन ?


नलेखौं भन्दाभन्दै पनि पुनः लेख्नै पर्ने विषय दोहोरियो । राष्ट्रपति माथि कोही महिलाले नै चरित्रहत्या हुने अभिव्यक्ति सार्वजनिक गरेकी छन् । संविधान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेमपत्र लेखिएको डायरी जस्तो भन्दै टिप्पणी गरेकी छन् । आफूलाई युवा नेता भन्नेले हामी भन्दापछि आउने पुस्ता लाई संस्कार दिनु हुँदैछ ? अब तपाईंसँग हिड्ने प्रत्येक पर पुरुषको हिसाब राख्ला नि ! अनि त्यतिबेला के होला ? राष्ट्रपति गलत हुनुहुन्छ भने संवैधानिक, राजनीतिकरुपमा सच्याउने ठाउँमा जानुस् तर, विद्यादेवी भण्डारीमाथि चरित्र हत्या गर्ने अधिकार तपाईंलाई कसले दियो ?

रामकुमारीले मर्यादाका सबै हद नाघेर अभिव्यक्ति दिइन्। जिन्दगीमा जनतामाझमा पुगेर जनमतको मूल्यांकन नगरेकी उनले एउटा राष्ट्राध्यक्षको निजी भावनामाथि निर्मम धावा बोलिन्। राष्ट्रपति विद्या भण्डारीको विधुवा हुनुको भावमाथि प्रहार गरिन्। यो तहको टिप्पणी र आलोचना राजनीतिक हुनै सक्तैन। उनले सीमाहरूको हेक्का राखिनन्।

यो अपमान मात्र भएन, समग्र नेपाली नारीमाथि निर्मम प्रहार हो। सेतो सारी लगाउने आफ्ना आफन्तको मुटुमा किला गाड्ने गरी बोलिन्। यिनको हृदयमा राजनीतिक लाभका निम्ति मानिसको भावनामाथि चोट दिने कुविचारको थुप्रो रहेछ, पत्तो लाग्यो।

हुन त यिनी रगतको खोलमाथि उभिएर सत्ताको भर्‍याङ नपाउँदा छटपटिएका केही थानको हुलमा मिसिएकी छिन्। यीनलाई रगतको अवमूल्यन गर्ने थोरै स्कुलिङ भएको हुनुपर्छ। राष्ट्रिय राजनीतिमा विभिन्न उतार चढाव फेरबदल भइरहन्छन्, एक पार्टीले अर्को पार्टीलाई आलोचना गर्ने चलन देखिन्छ। हिजोआज आफ्नै पार्टीले आफ्नालाई छिमेकी छिमेकी झगडा गरे भन्दा तल्लो स्तरमा झरेर बाझाबाझ गरेको स्थिति छ।

रामकुमारीले मर्यादाका सबै हद नाघेर अभिव्यक्ति दिइन्। जिन्दगीमा जनतामाझमा पुगेर जनमतको मूल्यांकन नगरेकी उनले एउटा राष्ट्राध्यक्षको निजी भावनामाथि निर्मम धावा बोलिन्। राष्ट्रपति विद्या भण्डारीको विधुवा हुनुको भावमाथि प्रहार गरिन्। यो तहको टिप्पणी र आलोचना राजनीतिक हुनै सक्तैन। उनले सीमाहरूको हेक्का राखिनन्।

यति भइरहँदा एउटा सम्मानित संस्था राष्ट्रपतिमाथि विभिन्न लाञ्छना र गालीसहितको नारा लगाउन थालिएको छ। नारा त लगाए लगाए, भाषणमा समेत ‘सेतो सारीमाथि’को कुविचार र चारित्रिक आरोप लगाउँदै ठूलो आवाज गर्न थालिएको छ । आफ्नी आमा काकी उमेरकी राष्ट्रपतिलाई चारित्रिक लाञ्छना लगाउँदै कहिले ‘फलानो ठाउँमा जाऊँ’ कहिले संविधान प्रेम पत्र जस्तो भयो भन्ने जस्ता अभिव्यक्ति दिँदा राष्ट्रपति कार्यालयबाट मानहानीको मुद्दा दायर गर्नुपर्छ अनि मात्र यस्ता तुच्छ हर्कतहरूको अन्त्य हुनेछ ।

नत्र राजनीतिक सांगठनिक काममा एकल महिलाहरूलाई कोसँगरु कुन बेलारु नाम जोडीदिने हुन्रु कुनै लेखाजोखा नहुने भयो। राजनीतिमा भनिँदै आएको आफ्नो श्रीमान् हुने, दाजुभाइ हुने, बाउ हुने महिलाहरूले मात्र राजनीतिमा समर्पित हुने दिन आउन सक्छ। यतिले मात्र राजनीति सांगठनिक काम गर्दा हामीले महिलाको हरेक क्षेत्रमा समान सहभागिताको आवाज त होइन, हरेक तहमा ३३ प्रतिशतको प्रतिनिधित्व हुँदैन।

पदमाथिको गिद्दे नजर र लालचले मानिसलाई कतिसम्म बौलाहा बनाउँदो रहेछ ? जुन पद नपाएको पीडामा छटपटिएर निच अभिव्यक्ति दिएर हिँडिरहेकाहरूले त्यो पद पाउने हैसियत निर्माणको एउटा सशक्त निर्माणकर्ता हो राष्ट्रपति । महिलामुक्ति आन्दोलनको अभिभावक, सारा नेपाली महिलाहरूको पहिचानको पृष्ठभूमिबाट उदाएको राजनीतिक व्यक्तित्व हो। आज तिम्रो निच हर्कतले नेपाली महिलाहरूको मात्र होइन सारा विश्वभरीको महिलाहरुको शिर झुकेको छ।

यस्तो गतिछाडा राजनीति गर्ने हाम्रो संस्कार होइन। भुइँमा पछारिएको बखत तिम्रो रातो सारीमा लागेको दाग मेटाउन आफ्नै मान्छे साथमा नहुँदाको क्षण सम्झ एकपटक, एकल हुनु सेतो सारी लगाउनु कुनै पनि महिलाको रहर हुँदैन, महिलाको बाध्यतालाई छाडा शैलीमा गाली गलौजमा उत्रनु राजनीति भित्र हुने गरेको महिला माथिको हिंसा हो, यसलाई तत्काल रोक्नुपर्छ।

राष्ट्रपति जस्तो सम्मानित संस्थामाथि लिङ्गलाई आधार बनाएर बोलिएका वा लेखिएका सबै गलत कुराहरू जोसुकैबाट किन नहुन् निन्दनीय छन्, तुरुन्त रोकिनुपर्छ, उहाँमाथि पोखिएको आक्रोश उहाँ महिलामाथि बढाईचढाई गरी कोकोहोलो गर्नु राम्रो हुँदैन।

राष्ट्र प्रमुखको हैसियत र सम्मानमा राष्ट्रपति रहन्छ। राष्ट्रपति आफैं बोल्दैन, राष्ट्रपतिले आफैं केही गर्दैन । यो हाम्रो संवैधानिक व्यवस्था हो। सरकारको निर्णयको पालना नै राष्ट्रपतिको कर्तव्य मानिन्छ। सानातिना कुरामा राष्ट्रपतिलाई विवादमा पार्दा राष्ट्र नै कमजोर हुन्छ । नेपाली राष्ट्रियताको छातीमा छुरा प्रहार भएको बेला राष्ट्रपतिमाथि यस्ता नियोजित आलोचना गर्नेको विवेकको तह राजनीति गर्ने नै हुन्छ ?

यस्तो गतिछाडा राजनीति गर्ने हाम्रो संस्कार होइन। भुइँमा पछारिएको बखत तिम्रो रातो सारीमा लागेको दाग मेटाउन आफ्नै मान्छे साथमा नहुँदाको क्षण सम्झ एकपटक, एकल हुनु सेतो सारी लगाउनु कुनै पनि महिलाको रहर हुँदैन, महिलाको बाध्यतालाई छाडा शैलीमा गाली गलौजमा उत्रनु राजनीति भित्र हुने गरेको महिला माथिको हिंसा हो, यसलाई तत्काल रोक्नुपर्छ।

राष्ट्रपतिलाई कुप्रचार गरेर आम जनताबीचमा भ्रम पैदा गरेर राष्ट्रपतिमाथि शाव्दिक प्रहार गाली गलौज गर्नेहरूले कोबाट यस्तो गलत प्रचार र भ्रम सिर्जना गराइँदैछ भन्ने कुरा आम जनताले जानकारी प्राप्त गरेको समय तिनलाई पुनः जनताको बीचमा जान कति लाजमर्दो हुने हो ?

यो हामी महिलाको मात्र एजेण्डा होइन यो मुलुकै एजेण्डा हुनुपर्छ अनि मात्र यस्ता समस्या हट्छन् ।

मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भइसकेको अवस्थामा पनि हामीसँग पुरातन चिन्तनहरू सुधारिन बाँकी नै छ, आफूभित्र भएका पुरातन चिन्तनहरू छन् । अझ सामन्ती पितृ सत्तात्मक चिन्तन उखेलिन बाँकि नै छन् ।

समानुपातिकमा सांसद पद पाउँदा दिल खोलेर हाँसेकी रामकुमारीहरू सच्चिनु पर्दैन ? रामकुमारीहरूले किन भुलिरहेका छन् कि, सेतो सारी आफ्नै घरभित्रको पनि यथार्थ हो भन्ने ?

हाम्रो मुलुकमा आलंकारिक राष्ट्रपतिको कानुनप्रद भूमिकालाई नस्वीकार्दै विभिन्न आलोचना गर्नु लोकतन्त्र र संस्थागत हुँदै गरेको अवस्थामा महिलाको अस्तित्वलाई स्वीकार्न नसक्ने हाम्रा पुरुष चिन्तन पनि मुख्य जड हो । यहि स्थानमा पुरुष राष्ट्रपति भई दिएको भए यति धेरै नाना भाँतीको आलोचना नहुन सक्थ्योरु

हामीकहाँ हरेक क्षेत्रमा जकडियर रहेको पुरुष चिन्तन ज्यूँका त्यूँ देखिन्छ । घरका भित्तादेखि राजनीति दायरासम्म, गर्भदेखि चिहानसम्म छोडेको छैन पितृसत्तात्मक चिन्तनले । यो चिन्तनबाट मुक्त भएपछी मात्र एक सामान्य महिलादेखि मुलुकको सम्मानित संस्था राष्ट्रपतिसम्मको अस्तित्वलाई स्वीकार्न सक्नेछौं । यसर्थ हाम्रा हेराइहरू बदलौं, कुहिएको पितृ सत्तात्मक चिन्तन बदलौं अनि नयाँ नेपालको नयाँ रुप देख्नेछौं, सुखी नेपाली हुनेछौं।

समानुपातिकमा सांसद पद पाउँदा दिल खोलेर हाँसेकी रामकुमारीहरू सच्चिनु पर्दैन ? रामकुमारीहरूले किन भुलिरहेका छन् कि, सेतो सारी आफ्नै घरभित्रको पनि यथार्थ हो भन्ने ?

Skip This