अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वप्रदेश प्रमुख मल्लको निधनप्रति मन्त्री आलेद्वारा दुःख व्यक्त

पूर्वप्रदेश प्रमुख मल्लको निधनप्रति मन्त्री आलेद्वारा दुःख व्यक्त


काठमाडौं- वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेशका पहिलो तथा पूर्वप्रदेश प्रमुख मोहनराज मल्लको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले आज एक शोक विज्ञप्तिमार्फत पूर्व प्रदेश प्रमुख, समाजसेवी एवं बौद्धिक व्यक्ति मल्लको असामयिक निधनको खबरले दुःखी बनाएको उल्लेख गर्नुभएको छ ।

साथै, मन्त्री आलेले मल्लप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनमा आफ्नातर्फबाट समवेदनासमेत प्रकट गर्नुभएको छ । पूर्वप्रदेश प्रमुख मल्लको काठमाडौंस्थित निदान अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

पहिले राप्रपाको राजनीति गर्नुभएका मल्ल विसं २०७० को दोस्रो संविधानसभाअघि नेपाली कांग्रेस पार्टी प्रवेश गर्नुभएको थियो । विसं २०७४ माघ ३ गते प्रदेश प्रमुख नियुक्त हुनुभएका मल्लका एक छोरा र एक छोरी हुनुहुन्छ ।