अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले सोध्यो सुदूरपश्चिमका तीन मन्त्रीसँग स्पष्टीकरण

एमालेले सोध्यो सुदूरपश्चिमका तीन मन्त्रीसँग स्पष्टीकरण


कैलाली- नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ ।

आज प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेकोमा २४ घण्टे स्पष्टीकरण सोध्नुभएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारमा रहेका एमाले नेताहरू प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी र माया भट्टलाई प्रदेश कमिटीले स्पष्टीकरण सोधेको हो ।

यसअघि एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै मन्त्रीबाट फिर्ता आउन नेताहरूलाई निर्देशन दिएको थियो ।

तीन मन्त्रीलाई सोधिएको स्पष्टीकरण :