काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका दुई जना नेताको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।
एमालेका केन्द्रीय सदस्य एवं संविधानसभाका सदस्य योगनारायण यादव र प्रतिनिधिसभाका पूर्वसदस्य एवं कर्णाली प्रदेशका एमाले नेता रत्नप्रसाद न्यौपानेको निधनले एमालेले निष्ठावान नेताहरू गुमाएको उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आज एक शोक वक्तव्य जारी गर्दै यादवको निधनले धनुषाले एक विकासप्रेमी नेता गुमाउनु परेकोमा दुःख व्यक्त गर्नुभएको छ । जनताका बीचमा यादको लोकप्रिय छविको प्रधानमन्त्रीले स्मरण गर्नुभएको छ ।
यादवको केहीदिन पहिले कोरोनाका कारण उपचारका क्रममा निधन भएको थियो । यादव २०५६ सालको निर्वाचनमा धनुषाबाट एमालेको तर्फबाट विजयी हुनुभएको थियो ।
यसैगरी, आज कोरोनाकै कारण निधन भएका जाजरकोटका नेता रत्नप्रसाद न्यौपानेलाई प्रधानमन्त्रीले जनप्रिय नेताको रूपमा स्मरण गर्नुभएको छ ।
अखिल नेपाल किसान महासंघका उपाधक्ष्य समेत रहेका शर्माको निधनले जाजरकोटले इमान्दार जनसेवक गुमाउनु परेको प्रधानमन्त्रीको शोक वक्तव्यमा उल्लेख छ ।
शर्मा जाजरकोटबाट २०५६ सालको निर्वाचनमा एमालेका तर्फबाट प्रतिनिधीसभामा निर्वाचित हुनुभएको थियो ।
प्रधानमन्त्रीद्वारा जारी गरिएको शोक वक्तव्य :









प्रतिक्रिया