काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ७ हजार २२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या संख्या ४ लाख १८ हजार ८२९ पुगेको छ ।
बिहीबार नयाँ कोरोना संक्रमितको भन्दा संक्रमणमुक्त हुनेको संख्या धेरै भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९३९ जनालाई संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ जपुगेको छ ।
यसैगरी थप १०६ संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म ६ हजार ९५१ जनाको मृत्यु भएको छ ।
त्यस्तै, अहिले १ लाख १६ हजार ४७६ जना संक्रमित आइसोलेसनमा छन् ।







प्रतिक्रिया