अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली प्रदेश : माओवादी प्रदेशसभा दलको प्रमुख सचेतकमा विष्ट

कर्णाली प्रदेश : माओवादी प्रदेशसभा दलको प्रमुख सचेतकमा विष्ट


सुर्खेत- नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्ट नियुक्त हुनुभएको छ ।

माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलको नेता मुख्यमन्त्री शाहीको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले विष्टलाई प्रमुख सचेतकमा नियुक्त गरेको हो ।

यस अघिका केन्द्रका प्रमुख सचेतक सीताकुमारी नेपाली प्रदेश सरकारको आन्तरिक मामिला, कानून, युवा तथा खेलकूदमन्त्रीमा नियुक्त भएपछि केही दिनदेखि उक्त पद खाली थियो ।

प्रमुख सचेतकमा नियुक्त विष्टले पार्टीले दिएको भूमिकालाई जिम्मेवारीपूर्ण ढङ्गबाट पूरा गर्ने बताउनुभएको छ । यसअघि भने उहाँलाई माओवादी केन्द्रले मन्त्री बनाउने तयारी गरेको थियो ।