अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘न्यौपानेको निधनले कम्युनिष्ट आन्दोलनलाई अपूरणीय क्षति’

‘न्यौपानेको निधनले कम्युनिष्ट आन्दोलनलाई अपूरणीय क्षति’


काठमाडौं- नेकपा (एमाले) ले पार्टीका कर्णाली प्रदेश कमिटी सदस्य रत्नप्रसाद शर्मा न्यौपानेको निधनप्रति दुःख व्यक्त गरेको छ ।

पार्टी महासचिव ईश्वर पोखरेलले आज शोक वक्तव्य जारी गर्दै पार्टीका अध्ययनशील, कर्तव्यनिष्ठ, निष्ठावान्, अनुशासित तथा इमान्दार योद्धा पूर्वसांसदको निधनबाट नेपालको कम्युनिष्ट आन्दोलनलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।

‘पार्टी निर्माण तथा जनताको सेवामा सधैँ समर्पित एक असल योद्धा गुमाउनुपरेकामा हाम्रो पार्टीलाई मर्माहत बनाएको छ,’ शोक वक्तव्यमा भनिएको छ, ‘जाजरकोट जिल्लाले एक जना भरोसायोग्य नेता गुमाएको छ ।’
प्रतिनिधिसभामा विसं २०५६ मा निर्वाचित न्यौपानेको गए राति काठमाडौंमा उपचारका क्रममा निधन भएको हो ।

विसं २०२३ मा जाजरकोट जिल्लाको तत्कालीन सुवानाउली गाउँ विकास समितिको थान गाउँमा जन्मनुभएका न्यौपानेले विद्यार्थी संगठनमा संगठित हुँदै एमालेको संस्थापक जिल्ला कमिटी सदस्य, जाजरकोट जिल्ला कमिटी सचिव, तत्कालीन भेरी अञ्चल समन्वय कमिटी सचिवको जिम्मेवारी बहन गर्नुभएको थियो ।