काडमाडौं- सरकारले चीन, कतार र टर्कीका लागि नियमित उडान खुला गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले जुन १ (जेठ १८) देखि कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो । तीनै देशमा सातामा एउटा उडान मात्र खुला गरिएको एक मन्त्रीले जानकारी दिनुभयो ।
हाल सरकारले भारतीय यात्रुलाई साउदी अरब पुर्याउन नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्सलाई चार्टर उडान अनुमति दिएको थियो । त्यस्तै, कूटनीतिक नियोगको पत्रका आधारमा कतार र टर्किस एयरलायन्सले चार्टर उडान अनुमति पाइरहेका छन् ।
ति देशहरुबाट ठूलो संख्यामा नेपालीहरु जहाजको टिकटको लिएर नेपाल आउने प्रतिक्षामा थिए । त्यहाँका नेपालीहरुको समस्यालाई सम्बोधन गर्दै सरकारले यो निर्णय गरेको हो । स्रोतका अनुसार विभिन्न देशबाट स्वास्थ्य सामग्री आयत गर्दा चार्टड गर्नुपर्दा महंगो भाडा तिर्नुपरेको थियो । अघिल्लै साता यि देशहरुबाट उडान खुलाउने सरकारको तयारी भए पनि केही उड्ययन व्यावशायीले अवरोध गरेका थिए । आजको निर्णयसँग विभिन्न देशहरुबाट स्वास्थ्य सामग्री ल्याउनु पर्दा नियमित उडानबाट ल्याउन सकिने भएको छ । जसबाट सरकारको ठूलो खर्च बचत हुनेछ ।
वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएको सरकारले वैशाख २० मा आन्तरिक र २३ गते रातीदेखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।







प्रतिक्रिया