अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कतार सहित तीनवटा देशबाट सातामा एकदिन नियमित उडान हुने

कतार सहित तीनवटा देशबाट सातामा एकदिन नियमित उडान हुने


काठमाडौं आज बसेको मन्त्रिपरिषद बैठकले तीनवटा देशबाट नेपाल आउने उडानलाई सातामा एक दिन खुला गर्ने निर्णय गरेको छ ।
कतारको राजधानी दोहा,चीन र टर्कीको राजधानी इस्तानाबुलबाट सातामा एकदिन उडान नियमित गर्ने निर्णय भएको पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो ।
ति देशहरुबाट ठूलो संख्यामा नेपालीहरु जहाजको टिकटको लिएर नेपाल आउने प्रतिक्षामा थिए । त्यहाँका नेपालीहरुको समस्यालाई सम्बोधन गर्दै सरकारले यो निर्णय गरेको हो । स्रोतका अनुसार विभिन्न देशबाट स्वास्थ्य सामग्री आयत गर्दा चार्टड गर्नुपर्दा महंगो भाडा तिर्नुपरेको थियो । अघिल्लै साता यि देशहरुबाट उडान खुलाउने सरकारको तयारी भए पनि केही उड्ययन व्यावशायीले अवरोध गरेका थिए । आजको निर्णयसँग विभिन्न देशहरुबाट स्वास्थ्य सामग्री ल्याउनु पर्दा नियमित उडानबाट ल्याउन सकिने भएको छ । जसबाट सरकारको ठूलो खर्च बचत हुनेछ ।