अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वास्थ्यकर्मी कुट्नेलाई कारबाही गर्न उपप्रधानमन्त्रीको निर्देशन

स्वास्थ्यकर्मी कुट्नेलाई कारबाही गर्न उपप्रधानमन्त्रीको निर्देशन


काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालगञ्ज घटनाका दोषीलाई पहिचान गरी तत्काल कारबाही गर्न निर्देशन दिनुभएको छ ।

बाँकेका सिडियो शिवराम गेलाललाई आज टेलिफोन गरी उपप्रधानमन्त्री पोख्रेलले घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिनुभएको हो । महामारीको बेला जनताको जीवनरक्षामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण ‘गम्भीर अपराध र अमानवीय’ भएको बताउँदै उपप्रधानमन्त्रीले स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन निर्देशन पनि दिनुभयो ।

बाँकेका सिडियोका अनुसार, घटनाको सम्बन्धमा छानबिन समिति गठन भएको छ भने ३ जना पक्राउ परिसकेका छन् ।