अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बमबहादुरलाई लिएर संवैधानिक इजलासमा विवाद, सुनुवाइ स्थगित

बमबहादुरलाई लिएर संवैधानिक इजलासमा विवाद, सुनुवाइ स्थगित


काठमाडौं– नेकपा एकता बदर गर्ने न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको भन्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने पक्षका कानुन व्यवसायीले आपत्ति जनाएपछि सुनुवाइ स्थगित भएका छ ।

संवैधानिक इजलासमा रिट निवेदक पक्षका वकिल र महान्यायाधिवक्ता रमेश बडालबीच विवाद भएपछि प्रतिनिधिसभा विघटन र धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटमाथिको सुनुवाइ स्थगित भएको छ ।

प्रधानन्यायाधीश राणाले भने न्यायाधीशले गरेका फैसलाका आधारमा यस्ता कुरा उठ्ने हो भने कोही पनि बाँकी नरहने बताउनुभएको थियो ।

विवादकैबीच प्रधानन्यायाधीशले आजको सुनुवाइ हेर्दा हेर्दैमा रहेको भन्दै आइतबारसम्मलाई स्थगित गर्नुभयो ।