अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बहुदलीय व्यवस्थामा निर्दलीय चरित्र देखिनु ख्यालठट्टा होइन : प्रम ओली

बहुदलीय व्यवस्थामा निर्दलीय चरित्र देखिनु ख्यालठट्टा होइन : प्रम ओली


काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले कतिपय ‘लोकतान्त्रिक’दलहरुले निर्दलीय आचरण देखाउदै हिड्नु ख्यालठट्टा नभएको बताउनुभएको छ ।
राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काँग्रेसले २०४८ सालमा भित्र्याएको विकृतिले मुलुकलाई दशकौं पछि धेकेलेको प्रधनमन्त्रीले स्मरण गर्नु भएको छ । हालसालै सरकार गठनका सिलसिलमा पनि त्यस्तै प्रवृति दोहोरिदा आम जनतामा व्यवस्थप्रति नै वितृष्णा बढ्ने सम्भावना रहेको बताउनुभएको छ । ‘अहिले हाम्रै पार्टीका केही र अन्य आफूलाई लोकतान्त्रिक पार्टी भन्नेहरुले दलीय प्रवन्ध विरुद्धका गतिविधी गरेर व्यवस्थाको धज्जी उठाउन खोजेका छन्’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘यी सबै विकृतीबाट देशलाई बाहिर निकालेर देशलाई निर्वाचनमा लैजान खोजिएको हो ।’