अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिम प्रदेशका तीन मन्त्री एमालेबाट निष्कासित, चार मन्त्री र राज्यमन्त्रीले लिए शपथ

सुदूरपश्चिम प्रदेशका तीन मन्त्री एमालेबाट निष्कासित, चार मन्त्री र राज्यमन्त्रीले लिए शपथ


धनगढी– नेकपा एमालेले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका तीन मन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

निष्कासित हुनेमा संसदीय दलका नेता समेत रहेका प्रकाश शाह, कृष्ण सुवेदी र माया भट्ट छन् ।  तीनमध्ये कृष्ण सुवेदी र माया भट्ट सरकारबाट विस्थापित भइसकेका छन् । मुख्यमन्त्रीले सरकार पुनर्गठन गर्दा उहाँहरु समावेश हुनुभएन ।

स्थायी कमिटी बैठकले दिएको निर्देशन अटेर गरेको र प्रदेश कमिटीले सोधेको स्पष्टीकरण समेत चित्तबुझ्दो नदिएपछि निष्कासन गरिएको प्रदेश अध्यक्ष कर्णबहादुर थापाले जानकारी दिनुभयो ।

चार मन्त्री र राज्यमन्त्रीले लिए शपथ

सुदूरपश्चिम सरकारमा नवनियुक्त चार मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

नवनियुक्त सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी र उद्योग वन तथा वातावरणमन्त्री मानबहादुर धामीले पद तथा गोपनियताको शपथ लिनुभएको हो ।

राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज र मानबहादुर सुनारले पनि शपथ लिनुभएको छ