काठमाडौं -राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष कमल थापाले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउने खोज्नेहरुको बाटो नै गलत भएको बताउनुभएको छ ।
आज साँझ सामाजिक सञ्जालमा लेख्दै थापाले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउछौं भन्नेहरुले साँच्ची कै बहिर्गमन चाहेको हो कि निरन्तरता चाहेको बुझ्न नसकेको उल्लेख गर्नुभएको छ ।
कथंकदाचित संसद पुनस्थापना भइहालेमा पनि संसदको अंक गणितले केपी ओलीलाई नै प्रधानमन्त्री बनाउने थापाको तर्क छ । थापा लेख्नुहुन्छ ‘ओली हटाउने छिटो र सजिलो बाटो निर्वाच्न छोडेर अदालत जानेले बुझ्नु पर्दछ कि संसद पुनस्र्थापना भएमा ओली नै प्रधानमन्त्री हुनेछन् ’ थापाले अगाडी लेख्नुभएको छ ‘संसद पुनस्र्थापना भएपछि एमालेको माधव नेपाल समुहका साँसदहरु पदमुक्त हुनु अवश्यभांवी छ । त्यस अवस्थामा एमाले र महन्थ ठाकुर समुहको गठबन्धन बहुमतमा हुनेछ । ’







प्रतिक्रिया