अहिले नेकपा ( एमाले ) भित्रको अन्तरसंघर्षले उत्कर्ष रुप लिएको छ । पार्टी विभाजन निश्चित छ भन्ने धेरैको अनुमान छ । आज मैले यो लेख लेख्दा सम्म न हामी एकजुट हुन सकेका छौं न त फुटिसकेका नै छौं । जो अहिले पार्टी संस्थापन पक्षका विरुद्धमा लागि रहनुभएको छ उहाँहरु वैचारिक लडाइँ लड्दै हुनुहुन्छ कि व्यक्तिगत स्वार्थमा हुनुहुन्छ । अथवा अन्य कुनै कारण छ ? यसबारे अलिकति चर्चा गर्न आवश्यक ठानेको छु ।
अन्तरविरोधको कारण आजको घट्नाक्रम मात्रै प्रमुख होइन । दुई कम्युनिष्ट पार्टी एकता भएर नेकपा बनेपछि मात्रै पनि होइन पार्टी एकता हुन भन्दा धेरै वर्ष अगाडि देखि नेकपा ( एमाले ) का नेताहरूको बीचमा कस्तो खालको सम्बन्धहरु हुँदै थियो । त्यहाँसम्म पनि पुग्न पर्ने हुन्छ । विभिन्न कालखण्डको अध्ययन गर्ने हो भने माधवकुमार नेपाल र केपी ओली दुईजना नेताहरुका बीचमा सम्बन्ध कहिले हार्दिकतापूर्ण एवं सुमधुर थियो त कहिले अत्यन्त तिक्ततापूर्ण रह्यो । पाँचौ राष्ट्रिय महाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादका पक्षमा केपी ओली प्रतिबद्ध नेता हुनुहुन्छ, माधव नेपाल पनि जबज भन्दा टाढा रहनुभएन ।
०५० साल जेठ ३ गते मदन भण्डारीको मृत्यु पश्चात केपी ओलीको समेत सहयोगमा माधव नेपाल पार्टीको महासचिव हुनुभएको इतिहास घाम जत्तिकै छर्लङ्ग छ । त्यसपछि उहाँ लगातार १५ वर्षसम्म महासचिव हुनु भयो, त्यसबीचमा पनि दुईजना नेताहरुको बीचमा कहिले मिठो त कहिले तितो सम्बन्ध रह्यो । ७ औं राष्ट्रिय महाधिवेशन देखि कमरेड केपी ओली पार्टीको नेतृत्व गर्ने चाहनाका साथ अगाडि बढ्नुभयो , त्यसकारण माधव नेपाल र उहाँ एक आपसमा प्रतिस्पर्धीको रुपमा देखिनुभयो । पार्टीको नेतृत्वमा आउन स्वभावैले साथीहरूको सहयोग चाहिन्छ त्यसका निम्ति टीम चाहिन्छ ।
कमरेड केपी ओलीलाई नेतृत्वमा अगाडि बढाउन चाहने नेता कार्यकर्ताको टीम निकै सशक्त थियो जुन कुरालाई नाजायज भन्न मिल्दैन । जनकपुरमा भएको सातौं राष्ट्रिय महाधिवेशनमा कमरेड केपी ओलीले बहुपदको प्रस्ताव अगाडि सार्नुभयो । पार्टीका समकालीन नेताहरूको उचित व्यवस्थापनका लागि त्यो अत्यन्तै जायज प्रस्ताव थियो । महाधिवेशनका बहुमत प्रतिनिधिहरुले त्यसलाई अस्वीकार गरेपछि कमरेडहरुले यसको महत्व अहिले नबुझे तापनि छिटै महसुस गर्नु हुनेछ, यो दस्तावेज पार्टीको सम्पत्तिको रुपमा रहोस् भन्दै ओलीले आफ्नो प्रस्ताव फिर्ता लिनु भयो । धेरै समय कुर्न पनि परेन आठौं राष्ट्रिय महाधिवेशनसम्म पुग्दा नै उक्त प्रस्तावको आवस्यकता खट्कियो जसले गर्दा वुटवलमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट नै बहुपद सहित अध्यक्षात्मक प्रणाली पारित भयो । यहाँको प्रस्ताव पारित भए पनि अध्यक्ष झलनाथ खनाल निर्बाचित हुनुभयो । उक्त महाधिवेशनमा माधव कमरेड अध्यक्ष हुन अन्तिमसम्म पनि कोशिश गर्दै हुनुहुन्थ्यो तर झलनाथ र केपी कमरेडले नछाड्ने भएपछि उहाँले एकपटक पनि पार्टी प्रमुख नभएकाले केपी ओलीलाई समर्थन गरें भन्दै आफ्नो उम्मेदवारी दर्ता गराउनु भएन ।
०५० साल जेठ ३ गते मदन भण्डारीको मृत्यु पश्चात केपी ओलीको समेत सहयोगमा माधव नेपाल पार्टीको महासचिव हुनुभएको इतिहास घाम जत्तिकै छर्लङ्ग छ । त्यसपछि उहाँ लगातार १५ वर्षसम्म महासचिव हुनु भयो, त्यसबीचमा पनि दुईजना नेताहरुको बीचमा कहिले मिठो त कहिले तितो सम्बन्ध रह्यो । ७ औं राष्ट्रिय महाधिवेशन देखि कमरेड केपी ओली पार्टीको नेतृत्व गर्ने चाहनाका साथ अगाडि बढ्नुभयो , त्यसकारण माधव नेपाल र उहाँ एक आपसमा प्रतिस्पर्धीको रुपमा देखिनुभयो ।
यद्यपि ०६४ को संविधानसभाको निर्वाचनमा पार्टीले ठुलो पराजय व्यहोर्नु परेका कारण माधव कमरेडले आफूले राजीनामा गरी झलनाथ खनाललाई नेतृत्व सुम्पिएको कारण संकटमा नेतृत्व लिने जेएन कमरेडलाई एक कार्यकाल निर्वाचित गर्न पर्छ भन्ने धेरै प्रतिनिधिको सहानुभूति रह्यो । त्यही कारण उहाँ अध्यक्ष निर्वाचित हुनुभयो ओली पराजित हुनुभयो । सोही महाधिवेशनमा स्वयं म आफैं पनि कमरेड झलनाथ खनालको पक्षमा उभिने प्रतिनिधि थिएँ ।
नवौं राष्ट्रिय महाधिवेशनको म लामो चर्चा गर्दिन । उक्त महाधिवेशनमा ओलीले अध्यक्षको दाबी गर्ने कुरा अत्यन्तै जायज थियो, समकालीन नेता कोही पटकपटक हुन खोज्ने र कोही एक पटक पनि हुन नपाउने कुरा विल्कुलै न्यायपूर्ण थिएन । उक्त महाधिवेशनमा माधव नउठेर केपी कमरेडलाई सहयोग गरेको भए उहाँको उचाई निकै बढ्ने थियो । नेपालले त्यसो गर्न सक्नु भएन । सायद माधवलाई धुरी मानेर आफू विभिन्न पदमा निर्वाचित हुन पर्ने भएकाले केही नेताहरूले उहाँलाई उचाल्ने काम पनि भयो ।
ओलीलाई अध्यक्षमा निर्वाचित हुनबाट रोक्न उहाँको स्वास्थ्यको विषयलाई लिएर अत्यन्तै अमानवीय र संवेदनाहीन प्रचार गरियो । केही कमरेडहरुले त ओली विरुद्ध एउटा किताब नै प्रकाशन गरी बिरामीले पार्टी नेतृत्व गर्न नसक्ने जस्ता अमर्यादित र निकृष्ट लेख नै तयार पार्नु भयो । त्यसका बाबजुद ओली अध्यक्षमा निर्वाचित हुनुभएको थियो । नवौं महाधिवेशनमा केपी ओलीसँगको महाधिवेशनको पराजयले नै माधव नेपालको दिमागमा इगोले जरा गाढ्यो । त्यसैको कुल परिणामको रुपमा विपक्षीसँग मिलेर आफ्नै पार्टीको प्रधानमन्त्री विरुद्ध बिष वमन गर्दै अन्तत पार्टी नै फूटाउने स्थितीमा उहाँ पुग्नुभयो ।
जब केपी ओली पार्टी अध्यक्ष र देशको प्रधानमन्त्री हुनुभयो, संविधान जारी गर्दा वहाँले खेल्नु भएको भूमिका, नाकाबन्दीको सामनाले ओलीको उचाई ह्वात्तै बढ्यो । ओली विरुद्ध लाग्ने धेरै नेता कार्यकर्ताले पनि उहाँलाई पहिल्यै नेतृत्वमा ल्याउन पर्ने रहेछ भन्ने महसुस गर्नुभयो । तर जो पार्टीभित्र केपी ओलीसँग सधैं वैरभाव राख्नुहुन्थ्यो उहाँहरु राम्रो गर्दा पनि खुशी हुन सक्नु भएन । उल्टै ईर्ष्या प्रकट भयो ।
जब केपी ओली पार्टी अध्यक्ष र देशको प्रधानमन्त्री हुनुभयो, संविधान जारी गर्दा वहाँले खेल्नु भएको भूमिका, नाकाबन्दीको सामनाले ओलीको उचाई ह्वात्तै बढ्यो । ओली विरुद्ध लाग्ने धेरै नेता कार्यकर्ताले पनि उहाँलाई पहिल्यै नेतृत्वमा ल्याउन पर्ने रहेछ भन्ने महसुस गर्नुभयो । तर जो पार्टीभित्र केपी ओलीसँग सधैं वैरभाव राख्नुहुन्थ्यो उहाँहरु राम्रो गर्दा पनि खुशी हुन सक्नु भएन । उल्टै ईर्ष्या प्रकट भयो । आज पनि त्यही अवस्था हो । उहाँको विरुद्धमा हुने अधिकांश नेताहरू ओलीले जति नै राम्रो गरेपनि कहिल्यै राम्रो देख्न नसक्ने र नजिक हुनु नसक्नेहरु हुनुहुन्छ । त्यसमध्ये एक जना नेता हो घनश्याम भूसाल । घनश्याम धेरै अध्ययन गर्नुहुन्छ त्यसप्रति कुनै दुईमत नै छैन । तर उहाँको अध्ययनले उहाँलाई यथार्थ धरातलमा उभिने भन्दापनि अतिवादको पक्षपोषण गर्ने बनाएको छ । म उहाँको बारेमा धेरै टिप्पणी गर्दिन किनकि म धेरै जुनियर कार्यकर्ता हो । कार्यकर्ता हुनुको नाताले नेताहरुको कमजोरी औंल्याउन पाउने अधिकार भने हामीलाई छ । दलाल पुँजिवादका विरुद्धमा उहाँ शब्दको जेहाद छेड्नुहुन्छ तर दलाल पूँजीवादसँग अहिले नेपालका सबै नेताहरुलाई उछिनेर प्रगाढ सम्बन्ध राख्ने प्रचण्डबारे चुइँक्क बोल्ने आँट घनश्याम कमरेडसँग छैन ।
हिजो जनयुद्धको नेतृत्व गरें , परिवर्तनको मुद्दा उठाएँ भनेर आज जे पनि गर्ने छुट प्रचण्डलाई छैन । प्रचण्डलाई यति भन्न किन सक्नुहुन्न कमरेड घनश्याम ? उहाँको केपी ओलीसँग मात्रै एकखालको इरिटेशन छ । हुँदाहुँदै अहिले त कम्युनिष्ट आन्दोलन र लोकतन्त्र जोगाउन भन्दै शेरबहादुर देउवाको शरणमा पुग्न थाल्नु भयो कमरेड घनश्याम । यो घटना उहाँले प्रशिक्षित गरेका केहीले त ठीकै मानेका पनि होलान तर आम कार्यकर्ता र जनताको घृणा छ । हिजो नेकपा हुँदा प्रचण्डले केपी ओलीसँग संघर्ष गर्न पर्ने कुनै कारण थिएन । उहाँले केपी ओलीसँग मिलेर नै धेरै कुरा प्राप्त गर्नुभएको थियो । उहाँको कोटाबाट भएका कतिपय नियुक्तिहरुमा पार्टीमा दुःख गरेकालाई होइन पैसा लगानी गर्ने दलालहरुलाई सिफारिस गर्नु भएकै थियो । पार्टीका कमिटीहरुमा पनि माओवादी पार्टीको हैसियत भन्दा बढी प्राप्त गर्नु भएकै थियो । केपी ओलीलाई खुला हृदयले सघाएर कार्यकाल पुरा गर्न दिएको भए उहाँ विशाल पार्टीको नेता बन्नु हुनेथियो । आगामी निर्वाचनमा नेकपाले फेरि दुई तिहाइ मत पाउने निश्चित थियो ।
कमरेड केपी ओली र प्रचण्डलाई टाढा बनाउन एमालेका ओली विरोधी नेताहरु लागेका थिए, उता प्रचण्डलाई पनि एमालेका नेताहरु कै बीचमा खेलेर आफू प्रमुख नेता हुन्छु र सिंगो पार्टी कब्जा गर्छु भन्ने भोक जाग्यो जुन अत्यन्त कच्चा खेल एवं गलत बुझाइ थियो । यसरी दुई पक्षको स्वार्थका कारण उत्पन्न गलत मनसायले केपी ओलीमाथि १९ पृष्ठ लामो संगीन आरोपको रचियो । सहनै नसक्ने घेराबन्दीले गर्दा संसद विघटनको परिस्थिति निम्त्यायो । नेकपा विभाजन हुनु दुर्भाग्य हो , त्यो दुर्भाग्यपुर्ण घटनाको सृजनाकर्ता उहाँहरु नै हो जसले एमालेमा हुँदादेखि नै केपी ओलीलाई सधैं बैरीकै जस्तो व्यवहार गरे र त्यसमा कमरेड प्रचण्ड मिसिनुभयो ।
केपी ओलीलाई पार्टीबाट अपमानजनक ढंगले बहिर्गमन गराउने योजना भने सफल हुन पाएन । पछिल्लो घटना प्रतिनिधिसभा विघटन सम्बन्धमा राष्ट्रपति ज्यूको कदम यसकारण सही छ । गर्वका साथ भन्न सक्छौं सम्माननीय राष्ट्रपत ज्यूले लोकतन्त्र बचाउनु भएकै हो । देशमा निर्दलीय व्यवस्था छैन भन्ने सन्देश दिनु भएकै हो । एउटा दलबाट निर्वाचित सांसदले संसदीय मुल्य मान्यता र मर्यादालाई तोडेर जान खोज्दा राष्ट्रपतिको कदमले अस्विकार गर्यो । देशको संविधान , लोकतन्त्रको मुल्य र मान्यता बमोजिम त्यही गर्न पर्ने थियो जुन राष्ट्रपतिले गर्नु भयो । जनताले जुन पार्टीका नाममा मतदान गरेर आफ्ना प्रतिनिधि पठाए त्यही पार्टीलाई ढलाउने अधिकार दलीय व्यवस्थामा कुनै पनि जनप्रतिनिधिलाई हुँदैन । यदि जनादेश विपरीतको गतिविधि गर्ने हो भने त्यो जनमत एवं जनादेशप्रतिको बलात्कार हो ।
आज राष्ट्रपतिले प्रतिपक्षी गठबन्धनको प्रस्तावलाई स्वीकार गरेको भए यो इतिहास नजिरको रुपमा स्थापित हुने थियो र कालो इतिहासको रुपमा दर्ज हुने थियो । यो दुर्गन्धित खेल जारी रहन्थ्यो र जतिबेला यस्तो कदम दोहोरिन्छ त्यतिबेला राष्ट्रपति विद्या भण्डारीको कदमलाई सम्झिएर जनताले धिक्कार गर्ने थिए । त्यसैले आज त आफ्नो स्वार्थ पुरा नभए वापत सम्माननीय राष्ट्रपतिज्यूलाई निकृष्ट र स्तरहिन टिका टिपणी गर्नेहरु पनि छन । ति टिप्पणीहरुको कुनै प्रवाह नगरौं । भोलि इतिहास पढ्नेहरुले धन्यवाद नै दिनेछन् । संविधानले निर्दलीय व्यवस्थाको कल्पना गरेको छैन । जसले आफ्नो सरकार ढालेर शेरबहादुरलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरे उनीहरुले मतदातालाई सधैं दुखिरहने गरी घाउ लगाए ।
-लेखक राष्ट्रियसभा सदस्य हुनुहुन्छ ।
प्रतिक्रिया