अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपेन्द्र पक्षले फेरि सोध्यो चार नेतालाई स्पष्टीकरण, जवाफ नदिए निष्कासन गर्ने चेतावनी

उपेन्द्र पक्षले फेरि सोध्यो चार नेतालाई स्पष्टीकरण, जवाफ नदिए निष्कासन गर्ने चेतावनी


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव समूहले महन्थ ठाकुरका चार नेतालाई पुनः स्पष्टीकरण सोधेको छ ।

सो समूहले सोधेको स्पष्टीकरणको जवाफ नदिएको भन्दै ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई दोस्रोपटक स्पष्टीकरण सोधेको हो ।

दोस्रो पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टीकरण बुझाउन भनिएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ । जवाफ नदिए पार्टीबाट निष्कासनको कारवाही गर्ने उपेन्द्र पक्षले चेतावनी दिएको छ ।