अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१६ वर्षमाथिका विद्यार्थीलाई सिम कार्ड निःशुल्क

१६ वर्षमाथिका विद्यार्थीलाई सिम कार्ड निःशुल्क


काठमाडौं- सरकारले १६ वर्षभन्दा माथिका विद्यार्थीलाई एक थान सिम कार्ड निःशुल्क दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण प्रस्तुत गर्दै अर्थ मन्त्री विष्णु पौडेलले यस्तो घोषणा गर्नु भएको हो ।

त्यस्तै, उहाँले काठमाडौंमा तीन सय शय्याको सरुवा रोग अस्पताल बनाउने बताउनुभयो ।

एक सय शय्याभन्दा बढीका अस्पतालमा अनिवार्य अक्सिजन प्लान्ट स्थापना गर्ने, कोभिड जोखिम भत्तालाई यथावत्, सातै प्रदेशमा सरुवा रोग अस्पताल तथा स्थानीय तहको स्वास्थ्य अनुदानमा वृद्धि गरिएको छ ।