काठमाडौं- सरकारले आगामी वर्षभित्र भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउने भएको छ । आज आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गर्नु भएको हो ।
यो काम भूमिसम्बन्धी समस्या समाधान आयोगबाट गरिनेछ । जसका लागि ६८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
त्यस्तै, उहाँले चालू आर्थिक वर्षको तुलनामा रासायनिक मल खरिदका लागि नयाँ बजेटमा एक अर्ब रुपैयाँले वृद्धि भएको जानकारी गराउनुभयो ।
चालू आर्थिक वर्षमा सरकारले मल खरिदका लागि ११ अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।







प्रतिक्रिया