काठमाडौं- आर्थिक वर्ष २०७८/०७९ मा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट विनियोजन गरिएको छ ।
कोभिड-१९ ले श्रम बजारमा पारेको प्रभावलाई मध्यनजर गर्दै बजेट निर्धारण गरिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी गराउनुभयो ।
अघिल्लो पटकको बजेटमा यो कार्यक्रमका लागि सरकारले ११ अर्ब ६० करोड बजेट छुट्याएको थियो । सो बजेटमार्फत २ लाख विपन्न बेरोजगार युवाहरूलाई रोजगारी दिन बजेट स्थानीय तहहरूलाई सशर्त अनुदान स्वरुप हस्तान्तरण गरिसकेको छ ।







प्रतिक्रिया