अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

४० माइक्रोनभन्दा पातला प्लाष्टिकमा प्रतिबन्ध लगाउने घोषणा

४० माइक्रोनभन्दा पातला प्लाष्टिकमा प्रतिबन्ध लगाउने घोषणा


काठमाडौं- सरकारले वातावरण प्रदूषण नियन्त्रण गर्न आगामी आर्थिक वर्षदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकमा प्रतिबन्ध लगाउने भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सो घोषणा गर्नुभएको हो ।

साथै, विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गरिने उहाँले बताउनुभयो । आगामी आवमा चुरे तथा तराई मधेस क्षेत्रमा एक करोड ५० लाख विभिन्न प्रजातिका विरुवा रोपिने अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै, चुरे कार्यक्रमअन्तर्गत १६४ नदी प्रणालीमा भूक्षय नियन्त्रणका कार्यक्रम गरिनेछ ।