काठमाडौं- सरकारले श्रमजीवी पत्रकारका लागि ७ लाख रुपैयाँको विमाको व्यवस्था गर्ने भएको छ । आज आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिनुभएको हो ।
त्यस्तै, सरकारले प्रेस कार्डका आधारमा पत्रकार महासंघका सदस्यलाई निःशुल्क उपचारको व्यवस्था गर्ने भएको छ ।
साथै, सञ्चारग्राममा प्रेस संग्रहालयको व्यवस्था गरिने अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो ।
उहाँले ताप्लेजुङको सुकेटार विमानस्थललाई रवीन्द्र विमानस्थल र तेह्रथुमको चुहानडाँडा विमानस्थललाई आङछिरिङ विमानस्थल नामाकरण गरिनेसमेत जानकारी गराउनुभयो ।







प्रतिक्रिया