अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आउँदो आर्थिक वर्षमा तीन सय पुल निर्माण गरिने

आउँदो आर्थिक वर्षमा तीन सय पुल निर्माण गरिने


काठमाडौं- सरकारले नयाँ आर्थिक वर्षभित्र तीन सय सानाठूला पुल निर्माण गर्ने भएको छ । त्यसका लागि ११ अर्व १० करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै, आगामी वर्षभित्र हुलाकी राजमार्ग निर्माण सक्ने लक्ष्य सरकारले लिएको छ । त्यसका लागि ६ अर्व ३९ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री पौडेलकाअनुसार जडिबुटी कोटेश्वर सुरुङमार्ग निर्माणका लागि १ अर्व ८० करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।

सोहीअनुसार आगामी वर्ष थप ४३ जिल्लामा विद्युतीकरण गर्ने र त्यसकालागि ४ अर्व रुपियाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो । त्यस्तै, यसै वर्षबाट जयनगर–जनकपुर–कुर्था रेलसेवा सञ्चालन गरिने उहाँले बताउनुभएको छ ।