काठमाडौं- अब पत्रकारले सरकारी अस्प्तालमा निःशुल्क गर्न पाउने भएका छन् । सूचना विभागले दिने प्रेस कार्ड तथा प्रेस काउन्सिल नेपालबाट उपलब्ध गराइने उपचार सुविधा परिचयपत्रका आधारमा पत्रकारको उपचार गरिने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी गराउनुभयो ।
त्यस्तै, पत्रकारको क्षमता विकासका लागि आगामी वर्ष आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गरिने सरकारले जनाएको छ । सोहीअनुसार नेपाल पत्रकार महासंघको कार्यालय परिसर सञ्चारग्राममा प्रेस संग्रहालय निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ ।
सोहीअनुसार सबै स्थानीय तहमा फोर जी सेवा विस्तार गर्ने लक्ष्य सरकारले लिएको छ । दुरसञ्चार सेवाको सेवा चुस्त गरिने तथा सबै प्रदेशमा चलचित्र छायाङ्कन स्थल निर्माण गर्ने सरकारले बताएको छ ।
अर्थमन्त्री पौडेलकाअनुसार नेपाल टेलिभिजनको प्रशारणलाई विश्वव्यापी बनाउन एनटीभी वल्र्ड कार्यक्रम प्रशारण गरिने छ ।
त्यस्तै, सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका लागि ७ अर्व ७४ करोड रुपियाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।







प्रतिक्रिया