अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्व-पश्चिम राजमार्ग चार लेन बनाउन १५ अर्ब ३४ करोड विनियोजन

पूर्व-पश्चिम राजमार्ग चार लेन बनाउन १५ अर्ब ३४ करोड विनियोजन


काठमाडौं- सरकारले पूर्व-पश्चिम राजमार्ग चार लेनमा विस्तार, कन्चनपुर–कमला, नारायणगढ–बुटवल क्षेत्र र काँकडभित्ता, पतलैया क्षेत्रको विस्तृत डिजाइन सम्पन्न गर्ने र यस क्षेत्रको सघन बस्तीमा सर्भिस लेन, फ्लाइ ओभर लगायतका कार्यक्रमका लागि १५ अर्ब ३४ करोड रुपैयाँ छुट्याएको छ ।

यसैगरी, पुष्पलाल राजमार्गको गुणस्तरीता वृद्धिका साथै राजमार्गको दूरी घटाउन आवश्यक काम अगाडि बढाइने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो । यसका लागि आगामी आर्थिक वर्षको बजेटमा ८ अर्ब १३ करोड रुपैयाँ छुट्याइएको छ ।

मदन भण्डारी राजमार्गका लागि ३ अर्ब २० करोड रुपैयाँ छुट्याइएको छ ।