अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२०७८/७९ को बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड (पूर्णपाठसहित)

२०७८/७९ को बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड (पूर्णपाठसहित)


काठमाडौं- सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो बजेट आज सार्वजनिक गर्नुभएको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो बजेट आज प्रस्तुत गर्नुभयो । अर्थमन्त्री पौडेलकाअनुसार संघीय सरकारले खर्च गर्ने चालू खर्चतर्फ ६ खर्ब ७८ अर्व ६१ करोड रुपैयाँ विनियोजन गरेको छ । यो कुल बजेटको ४१.२ प्रतिशत हो ।

त्यस्तै, पुँजीगततर्फ तीन खर्ब ४७ अर्व रुपैयाँ छुट्याएको छ । त्यो कुल बजेटको २२.७ प्रतिशत हो । सोहीअनुसार वित्तिय व्यवस्थातर्फ २ खर्ब ७ अर्व ९७ करोड रुपैयाँ विनियोजन गरेको छ । यो कुल बजेटको १२.६ प्रतिशत हो ।

अर्थमन्त्री पौडेलले शनिबार ४ बजेर १० मिनेटमा बजेट प्रस्तुत गर्न सुरु गर्नुभएको थियो । ६ बजेर ५३ मिनेटमा सम्पन्न गर्नुभयो ।

उहाँलाई बजेट प्रस्तुत गर्न पौने तीन घण्टा समय लागेको थियो । अध्यादेशमार्फत ल्याइएको यस आवको बजेटमा धेरै लोकप्रिय कार्यक्रम समेटिएका छन् ।