काठमाडौं- सरकारले नागढुंगादेखि धादिङको सिस्नेखोलासम्मको सुरुङमार्ग निर्माणका लागि ९ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
आज आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो कुराको जानकारी दिनुभएको हो ।
साथै, सिद्धार्थ राजमार्गको सुरुङमार्ग प्रारम्भ र तीनकुने-जडीबुटी क्षेत्रमा सुरुङमार्ग सम्भाव्यताका लागि १ अर्ब ८० करोड रकम विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।







प्रतिक्रिया