अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मदिरा र सुर्तीजन्य पदार्थको मूल्य वृद्धि

मदिरा र सुर्तीजन्य पदार्थको मूल्य वृद्धि


काठमाडौं- सरकारले मदिरा र सुर्तीजन्य पदार्थको मूल्य वृद्धि गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलेले आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै मदिरा, वाइन, वियर र सुर्तीजन्य पदार्थको मूल्य वृद्धि गरेको बताउनुभएको हो ।

त्यस्तै, सरकारले नागढुंगादेखि धादिङको सिस्नेखोलासम्मको सुरुङमार्ग निर्माणका लागि ९ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

साथै, सिद्धार्थ राजमार्गको सुरुङमार्ग प्रारम्भ र तीनकुने-जडीबुटी क्षेत्रमा सुरुङमार्ग सम्भाव्यताका लागि १ अर्ब ८० करोड रकम विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।