काठमाडौं– प्रतिनिधि सभा विघटन मुद्दामा आज पनि सुनुवाइ हुँदैछ ।
नेकपा एकता बदर गर्ने न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको भन्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने पक्षका कानुन व्यवसायीले आपत्ति जनाएपछि शुक्रबारको सुनुवाइ स्थगित भएको थियो ।
संवैधानिक इजलासमा रिट निवेदक पक्षका वकिल र महान्यायाधिवक्ता रमेश बडालबीच विवाद भएपछि प्रतिनिधिसभा विघटन र धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटमाथिको सुनुवाइ स्थगित भएको थियो ।
विवादकैबीच प्रधानन्यायाधीशले शुक्रबारको सुनुवाइ हेर्दा हेर्दैमा रहेको भन्दै आइतबारसम्मलाई स्थगित गर्नुभएको थियो ।







प्रतिक्रिया