अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले एकता प्रयास जारी, नेताहरु व्यक्तिगत संवाद मै

एमाले एकता प्रयास जारी, नेताहरु व्यक्तिगत संवाद मै


काठमाडौं– नेकपा एमालेको एकताको प्रयासका लागि दुवै पक्षका नेताहरुबीच संवाद जारी रहेको छ । गत शनिबारको बैठकले माधव नेपाल सहति ११ जना नेतालाई कारबाही गरे पनि एकताको लागि आपसी संवाद भइरहेको एक नेताले जानकारी दिनुभयो ।

‘हामीसँग जस–जसको व्यक्तिगत सम्बन्ध राम्रो छ, उहाँहरुसँग देश, जनता, पार्टी र आफ्नो राजनीतिक भविष्यका बारेमा चिन्ता गरेर कुराकानी भइरहेको छ,’ संस्थापन पक्षका एक नेताले नेपाली बहस डट कमलाई बताउनुभयो । शनिबार ११ जनालाई निश्कासन र १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय पार्टीको स्थायी कमिटीले गरेको थियो । २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय भए पनि दुईदिन पछि मात्र नेताहरुलाई स्पष्टीकरणको पत्र पठाइएको थियो । ‘यसबीचमा बजेटको तयारीमा लाग्नु पर्ने भएकोले सबै ब्यस्त भयौं,’ ती नेताले भन्नुभयो ‘आज बिहानै देखि फेरि हामी पार्टी एकता जोगाउने वार्ताको तयारीमा जुट्दैछौं ।’

संस्थापन पक्षले बनाएको कार्यदलका संयोजक एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार आज भोलिसम्म कार्यदलको बैठक फेरि बस्ने तयारी हँुदैछ । ‘हामी सरसल्लाह मै छौं आज भोलिसम्ममा कार्यदलको बैठक बस्न सक्छ,’ नेम्वाङले नेपाली बहस डटकमसँग भन्नुभयो ।

संस्थापन पक्षको कार्यदलले माधव नेपाल पक्षसँग कति लचिलो भएर जान सकिन्छ र दोस्रो पक्षलाई कति लचिलो बनाउन सकिन्छ भनेर आन्तरिक तयारी गरिरहेको छ । यसका लागि केहीबेरमा संयोजक नेम्वाङ सदस्य तथा अर्थमन्त्री विष्णु पौडेल सहितका नेताहरु छलफलमा जुट्दै हुनुहुन्छ ।

स्रोतका अनुसार माधव नेपाल र भीम रावल बाहेकका नेताहरुसँग व्यक्तिगत तहमा पार्टी एकताका लागि कुराकानी भइरहेको छ ।