अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१० दिने पर्यटन काज शिक्षकलाई पनि : मन्त्री श्रेष्ठ

१० दिने पर्यटन काज शिक्षकलाई पनि : मन्त्री श्रेष्ठ


काठमाडौं– सरकारले बजेट भाषणमार्फत ल्याएको ‘पर्यटन काज’मा शिक्षकहरु पनि समेटिएका छन् ।

कतिपय शिक्षकका पेसागत संघ संस्थाहरुले बजेटमा उल्लेख गरिएको पर्यटन काजमा शिक्षकहरुलाई नसमेटिएको भनेर विरोध सुरु गरेकाबेला शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षकहरुलाई भ्रममा नरहन आग्रह गर्नुभएको छ ।

मन्त्री श्रेष्ठले १० दिने पर्यटन काज शिक्षकका लागि भएकोले त्यसमा कसैले पनि चिन्तित हुनु नपर्ने बताउनुभएको छ । ‘यो कार्यक्रममा शिक्षक पनि समावेश छन् । शिक्षक पनि राष्ट्र सेवक नै हुन्,’ मन्त्री श्रेष्ठले नेपाली बहस डटकमसँग भन्नुभयो ‘१० दिने पर्यटन काजमा शिक्षकहरु छुट्दैनन् ।’

बजेटमा आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलव्ध गराइने उल्लेख छ । निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई समेत सोही अनुसारको सुविधा प्रदान गर्न प्रेरित गरिने बक्तव्यमा उल्लेख छ ।