काठमाडौं– कारबाहीमा परेको एक सातापछि पनि माधवकुमार नेपालले एमाले ‘वरिष्ठ नेता’ लेख्न छाड्नुभएको छैन ।
एक सातासम्म बेनामे विज्ञप्ती निकाल्नुभएका नेपालले आइतबार भने विपक्षी गठबन्धनले निकालेको सरकारविरुद्ध बक्तव्यमा पुनः वरिष्ठ नेता लेख्नुभएको । गठबन्धनको बैठकले सरकार संविधान विपरीत र अलोकतान्त्रिक काम कारबाहीमा सहयोगी नहुन राज्यका सबै निकायलाई आग्रह गरेको छ ।
आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको बैठक बसेको थियो ।
गठबन्धनले दीर्घकालीन असर पर्ने कुनै पनि काम कारबाही नगर्न सरकारलाई चेतावनी पनि दिएको छ ।








प्रतिक्रिया