अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको स्थायी कमिटी बैठक साँझ ५ बजे

एमालेको स्थायी कमिटी बैठक साँझ ५ बजे


काठमाडौं- नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्षक केपी शर्मा ओलीले आज साँझ ५ बजेका लागि स्थायी कमिटी बैठक बोलाउनुभएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

सरकारले शनिबार ल्याएको बजेट लगायत समसामयिक विषयमा आजको बैठकमा छलफल हुने उहाँले बताउनुभयो ।

माधव गुटका १२ जना सांसद्लाई सोधिएको स्पष्टिकरणबारे पनि आजको बैठकले निर्णय गर्न सक्ने उहाँले बताउनुभयो । यद्यपि, आज यो विषयमा छलफल नहुने सम्भावना पनि छ तामाङले भन्नुभयो ।