अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालको हस्ताक्षर अनाधिकृत : सूर्य थापा

माधव नेपालको हस्ताक्षर अनाधिकृत : सूर्य थापा


काठमाडौं- नेकपा एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले शेरबहादुर देउवासहितले जारी गरेको वक्तव्यमा माधवकुमार नेपालको हस्ताक्षर अनाधिकृत भएको भन्दै आपत्ति जनाउनुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत थापाले आपत्ति जनाउनुभएको हो । एमालेमा वरिष्ठ नेताको दर्जामा नेता नेपाल नभएको उल्लेख गर्दै थापाले हस्ताक्षर गर्दै हिँड्न उहाँलाई सम्बन्धित दलले नखटाएकोसमेत उल्लेख गर्नु भएको छ ।

‘विघटित प्रतिनिधि सभामा विपक्षी दलका नेता शेरबहादुर देउवासहितले जारी गरेको वक्तव्यमा माधवकुमार नेपालको हस्ताक्षर अनाधिकृत छ,’ थापाले लेख्नुभएको छ, ‘नेकपा (एमाले)मा वरिष्ठ नेताको दर्जामा उहाँ हुनुहुन्न र हस्ताक्षर गर्दै हिँड्न सम्बन्धित दलले कहिल्यै खटाएको पनि छैन । अझै विधि र पद्धति !’

कारबाहीमा परेको एक सातापछि पनि माधव नेपाल ‘वरिष्ठ नेता’ लेख्दै, देउवासँग मिलेर सरकारविरोधी बक्तव्य