अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आफ्नै पार्टीविरुद्धको गतिविधिमा लाग्नु अहिलेसम्मकै अनुशासनहीन कार्य : प्रधानमन्त्री

आफ्नै पार्टीविरुद्धको गतिविधिमा लाग्नु अहिलेसम्मकै अनुशासनहीन कार्य : प्रधानमन्त्री


काठमाडौं- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल गुटले पार्टीमा अहिलेसम्म नभएको अनुशासनहिन कार्य गरेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नै पार्टी विभाजन गर्न र आफ्नै पार्टीको नेतृत्वको सरकारविरुद्ध गठबन्धन गर्ने लगायतको कामप्रति असन्तुष्टि पोख्दै यस्तो बताउनुभएको हो ।

तेस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा प्रधानमन्त्री ओलीले महिला हक, अधिकारका आन्दोलनमा संघर्ष गर्नुभएको सबैमा सम्मान व्यक्त गर्नुभएको छ । जहाँ न्याय हुँदैन, त्यहाँ समानता हुन नसक्ने बताउनुहुदै उहाँले आज पनि समानताको कुरा गर्दा कतिपयले कान टक्टकाउने गर्ने गरेको बताउनुभयो ।

अरूलाई अनावश्यक कुरा बोल्ने जस्ता कु–संस्कार समाजका लागि हानिकारक रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । यसका लागि सामाजिक, आर्थिक र वैचारिक परिवर्तन हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभएको छ ।