अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपप्रधानमन्त्री पोखरेलद्वारा उज्वल थापाको स्वास्थ्य अवस्थाबारे जानकारी

उपप्रधानमन्त्री पोखरेलद्वारा उज्वल थापाको स्वास्थ्य अवस्थाबारे जानकारी


काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले उपचाररत विवेकशील साझा पार्टीका नेता उज्वल थापाको स्थास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ ।

उपप्रधानमन्त्री पोखरेलले मेडिसिटी अस्पतालका चिकित्सकसँग टेलिफोनमार्फत थापाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।

साथै, उहाँले थापाकी आमा शान्ता थापालाई टेलिफोन गरी सरकारका तर्फबाट विशेष सहयोग गर्नुपर्ने भए जानकारी गराउन आग्रह गर्नुभएको पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो ।

थापाको मेडिसिटी अस्पतालमा उपचार जारी छ ।