अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा विघटनको मुद्दा हेर्दाहेर्दैमा

प्रतिनिधिसभा विघटनको मुद्दा हेर्दाहेर्दैमा


काठमाडौं- प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजका लागि बहस सकिएको छ । रिट निवेदक पक्ष र सरकारी वकिलहरूले आज संवैधानिक इजलासका न्यायाधीशमाथि उठेको प्रश्नबारे बहस गर्नुभयो ।

संवैधानिक इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठ नेकपा विभाजनसम्बन्धी मुद्दाको सुनुवाइ गर्ने इजलासमा रहनुभएका कारण अहिले उहाँले संसद् विघटनको मुद्दा हेर्न नहुने रिट निवेदक पक्षका वकिलले बताउनुभएको छ । तर, सरकारी वकिलले त्यसको प्रतिवाद गर्नु भएको छ ।

संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाईका लागि तोकिएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहनुभएको छ ।