काठमाडौं- काठमाडौं उपत्यकामा आज १ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा १ हजार ९३ जनामा कोरोना पुष्टि भएको हो ।
आज काठमाडौंमा ८०४, ललितपुरमा १७६ र भक्तपुरमा ११३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल १ हजार ५४५ जना सङ्क्रमित सघन उपचार कक्षमा उपचरार्थ छन् । जसमध्ये ४०७ जना भेन्टिलेटरमा छन् ।
देशभर आज ४ हजार ३ सय ६९ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, आज ६ हजार २०५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।







प्रतिक्रिया