काठमाडौं- नेकपा एमालेका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट जनमुखी रहेको बताउनुभएको छ । उहाँले आज फेसबुकमार्फत आगामी आर्थिक वर्षको बजेटको प्रशंसा गर्नुभएको हो ।
बजेट कार्यान्वयनमा चुनौती प्रशस्त रहेको उल्लेख गर्दै नेता भट्टराईले अर्थमन्त्रीलाई सफलताको शुभकामनासमेत दिनुभएको छ ।
‘अर्थमन्त्री माननीय विष्णु पौडेलले हिजो सार्वजनिक गर्नुभएको आव २०७८/७९ को बजेट मुलतः जनमुखी छ । हरेक बजेटका चुनौती जस्तै यो बजेटका पनि कार्यन्वयन, पुँजिगत खर्च कम हुने, राजनीतिक र प्रशासनिक नेतृत्वमा ईच्छाशक्तिको कमी, राजश्वको लक्ष नभेटाउने, राष्ट्रिय उत्पादनमा प्रगति नहुने लगायतका चुनौती भने यो बजेटका सामु पनि बिध्यमान छन् । यी चुनैतीमाथि विजयप्राप्त गर्न अर्थमन्त्रीजीलाई सफलता मिलोस्,’ नेता भट्टराईले उल्लेख गर्नुभएको छ ।
प्रतिक्रिया