अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती प्रदेशसभाको आठौं अधिवेशन आजदेखि सुरु

बागमती प्रदेशसभाको आठौं अधिवेशन आजदेखि सुरु


हेटौँडा- बागमती प्रदेशसभाको आठौं अधिवेशन आजदेखि सुरु भएको छ । स्वास्थ्य सुरक्षाको लागि प्रदेशसभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी तथा पत्रकारहरुको एन्टिजेन्ट परीक्षण गरेपछि मात्र बैठक सुरु गरिएको थियोे ।

आजको बैठकमा हालै मुख्यमन्त्री डोरमणि पौडेलले पुनर्गठन गर्नु भएको मन्त्रिपरिषदबारे प्रदेश प्रमुखको पत्र सभामुख सानुकुमार श्रेष्ठले पढेर सुनाउनुभयो ।

गत वैशाखमा निधन हुनुभएका प्रदेशसभा सदस्य पशुपति चौलागाईंको स्मरणमा मौनधारण गरेपछि सभामुखले भोलि जेठ १७ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयो ।