अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तत्काल बजेट अधिवेशन बोलाउन एमाले कर्णालीको माग

तत्काल बजेट अधिवेशन बोलाउन एमाले कर्णालीको माग


सुर्खेत- नेकपा एमालेको संसदीय दल कर्णाली प्रदेशले छिटो प्रदेशसभाको बजेट अधिवेशन बोलाउन माग गरेको छ ।

दलका नेता यामलाल कंडेलको अध्यक्षतामा बसेको दलको बैठकले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्नका लागि तत्काल अधिवेशन बोलाउन माग गरेको हो ।

बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा आवश्यक छलफल गर्न पर्याप्त समयको व्यवस्था गर्ने गरी छिटो संसदको अधिवेशन आव्हान गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्ने निर्णय गरिएको संसदीय दलका नेता यामलाल कंडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रदेशसभाले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । नेता कंडेलले प्रदेश सभा नियमावलीको परिच्छेद १७ को नियम १३२ को दुई बमोजिम बजेट ल्याउनुपूर्व १५ दिनअघि नै विधेयकका सिद्धान्त र प्राथमिकता सम्वन्धमा छलफलका लागि संसदमा प्रस्ताव गर्नुपर्ने र त्यो छलफल १५ दिन पहिले नै सम्पन्न गर्ने व्यवस्था रहेको स्मरण गराउनुभएको छ ।

विज्ञप्ति :