अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीमा राष्ट्रियसभाको निर्वाचन आज

लुम्बिनीमा राष्ट्रियसभाको निर्वाचन आज


बुटवल -लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभाको उपनिर्वाचन हुँदै छ । राष्ट्रियसभामा प्रदेश तर्फको रिक्त एक सदस्य पदका लागि आज निर्वाचन हुन लागेको हो ।

आज हुने निर्वाचनका लागि सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगले मतदानका लागि आज बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्मका लागि समय निर्धारण गरेको छ । कोरोना संक्रमित मतदाताका लागि छुट्टै मतदान केन्द्र बनाइएको छ ।

नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभामा निर्वाचित चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि उक्त पद खाली भएको हो। त्यसपछि यो स्थान रिक्त भएको थियो ।

एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ । उहाँलाई जसपाको महन्थ ठाकुर पक्षले समर्थन गरेको छ ।

त्यस्तै विपक्षी गठबन्धनले भने हालै एमाले छाडेर कांग्रेस प्रवेश गरेका दिर्र्गनारायण पाण्डेलाई उम्मेदवार बनाएको छ । पाण्डेलाई माओवादी केन्द्र, जनता समाजवादीको उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधवकुमार नेपाल पक्षले समर्थन छ ।